हेटौंडा । हेटौंडा–६, चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले शुक्रवार संस्था भवनमा एक दिने निःशुल्क स्तन क्यान्सर सम्वन्धि स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

संस्थाको चालु आव. ०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार स्वास्थ्य शिविरको आयोजना गरिएको हो । कार्यक्रममा विपी गणेशमान मेमोरियल क्यान्सर अस्पतालको डा. प्रज्वल सिह कुवरले विश्वमा स्तन क्यान्सरको विरामी बढ्दै गएकाले समय समयमा स्वास्थ्य जाँच गराउन आग्रह गरे ।

सहकारी संस्थाका संस्थापक अध्यक्ष बासुदेव अधिकारीको प्रमुख आतिथ्यता एवम सहकारीकी सञ्चालक सदस्य एवम महिला उपसमिति संयोजक रेखा मैनालीको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

डा. प्रज्वल सिह कुवरले स्वास्थ्य जाँच गरेको शिविरमा १ सय ७१ जना महिलाहरुको स्वास्थ्य परिक्षण गरिएको ब्यवस्थापक दिपेन्द्र गौतमले बताए । शिविरमा सहकारीका उपाध्यक्ष श्याम प्रसाद भट्टराई, सचिव रोम बहादुर न्यौपाने, कोषाध्यक्ष चेतनाथ खतिवडा, संस्थाका कर्मचारी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।