हेटौंडा  । हेटौंडा उपमहानगरपालिकाको ५५ औं स्थापना दिवसको अवसरमा बिभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको छ ।

दिवस मनाउँनका लागि नगर प्रमुख मीनाकुमारी लामाको संयोजकत्वमा गठित मूल समारोह समिति मातहत रहेको अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा फुटबल, फुटसल, वडास्तरीय सरसफाई र रक्तदान कार्यक्रम गरिएको हो ।

स्थापना दिवसरको अवरमा अयोजित नगरप्रमुख टिम र प्रमुख प्रशासकीय अधिकृत टिम बिच हेटौंडा-५ पिप्ले क्याम्पा रंगशालामा भएको खेलमा नगर प्रमुख टिम ४-३ ले विजयी भएको थियो ।

स्थापना दिवसको अवसरमा हेटौंडा-४ कमलडाडाँमा भएको महिला जनप्रतिनिधी र महिला कर्मचारी बिचको फुटसलमा कर्मचारी टोली ३–० गोल अन्तरले बिजयी भएको खेलकुद शाखाका प्रमुख बसन्त सिटौंलाले बताए । दिवसरको सन्दर्भमा आयोजित जनप्रतिनिधी तथा कर्मचारीबीच हेटौंडा-४ हुप्रचौरमा भएको भलिवल प्रतियोगितामा २-१ को सेटमा कर्मचरी टिम विजयी भएको थियो । स्थापना दिवसको अवसरमा वडाहरुमा सरसफाई कार्यक्रम सञ्चालन गरिएको छ । वडा कार्यालय र टोलविकास समितिको समन्वयमा सरसफाई कार्यक्रम भएको सामाजिक बिकास महाशाखा प्रमुख भिमप्रसाद तिमल्सिनाले जानकारी दिए ।

पछिल्लो समय रगतको अभाव भइरहेको समयमा उपमहानगरको स्थापना दिवसको अवसरमा आयोजित रक्तदानमा कार्यक्रममा ३० जना सहभागी भएका छन् । उपमहानगरको अयोजना तथा रक्तसञ्चार केन्द्रको समन्वयमा हेटौंडा उपमहानगरपालिका परिसरमा अयोजित रक्तदानमा ३० जनाले रक्तदान गरेका हुन् । प्रदान गरिने क्रियाकलाप हेटौंडा-१५ का अध्यक्ष सुनिल मोक्तानको संयोजनमा भएको हो ।

स्थापना दिवसमा विभिन्न सम्मान
हेटौंडा उपमहानगरपालिकाको ५५ औं स्थापना दिवस बिभिन्न सम्मान तथा प्रगति पुस्तिकाको विमोचनसहित समापन हुने भएको छ । उपमहानगरक्षेत्र भित्र रहेर विभिन्न क्षेत्रमा योगदान पुर्याएको व्यक्ति, संस्थालाई सम्मान सहित नगर प्रगति पुस्तिकाको विमोचन गरिनेछ ।

उपमहानगरले ५५ औं स्थापाना दिवस पारेर उत्कृष्ट कृषक, उद्यमी, खेलाडी, करदाता, शिक्षक, पत्रकार, कलाकार, कर्मचारी, सामाजिक संघसस्था, स्वास्थ्य स्वयम् सेविका, टोलविकास संस्था, बाल समूह र जग्गादाताहरुलाई सम्मान गर्ने उपमहानगपालिका समाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिनाले बताए । नगर स्थापना दिवसको उद्घाटन नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुषालले गर्ने कार्यतालिका रहेको उपमहानगरले जनाएको छ ।