हेटौंडा । प्रदेशस्तरीय ट्राफिक सप्ताह २०८० सकिएको छ । जिल्ला ट्राफिक कार्यालय मकवानपुरले पनि विविध कार्यक्रमको आयोजनागरि ट्राफिक सप्ताह मनाएको हो ।

माघ २५ गते बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले उदघाटन गरेको कार्यक्रम फागुन २ गते बुधबार सम्पन्न भएको मकवानपुर ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरी कार्यालयमा पत्रकार भेटघाटको आयोजना गर्दै मकवानपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यले ट्राफिक सप्ताह अन्तर्गत विभिन्न कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । ट्राफिक सप्ताहमा चालकको स्वास्थ्य परीक्षण, विद्यालयका विद्यार्थीसँग ट्राफिक सचेतना, सवारी चेकजाँच, ग्रामीण सडक लक्षित जस्ता एक दर्जन बढी कार्यक्रमको आयोजना गरिएको थियो । उनले सप्ताहमा आयोजित कार्यक्रमबाट ६६.९७ प्रतिशत मानिस लाभान्वित भएको बताएका छन् ।