हेटौंडा । हेटौंडा–६, चौघडामा रहेको सुनगाभा शिक्षा निकेतन ईङलिश स्कूलको २४ औं अभिभावक भेला शुक्रवार सम्पन्न भएको छ ।

विद्यालयका संस्थापक अध्यक्ष बासुदेव अधिकारीको प्रमुख आतिथ्यता एवम विद्यालय ब्यवस्थापन समिति अध्यक्ष रामहरि न्यौपानेको सभाध्यक्षतामा अभिभावक भेला भएको हो । भेलाको अवसरमा विभिन्न विद्याका उत्कृष्ट अभिभावक, शिक्षक, विद्यार्थी लगायतकालाई सम्मानित गरिएको थियो ।

भेलाको अवसरमा विद्यालयले पत्रकार मणीराज गौतम, पूर्व अध्यक्ष धु्रव प्रसाद चौलागाई, हिमाल पौडेललाई सम्मान गरेको छ । यसैगरी २०७९ सालको एसई परीक्षमा उत्कृष्ट अंक हासिल गर्ने सुविक्षा बानियाँ, स्वस्तिका दुलाल, २०७९ सालको उत्कृष्ट शिक्षक साजन दियालीलाई पनि सम्मान गरेको छ । भेलामा उत्कृष्ट शिक्षक मनिता थापा, हिरा खत्री, लक्ष्मी चौलागाई र सुशिला लम्साल, कार्यालय सहयोगी सिता खड्का, तिल कुमारी घलान लगायतकालाई सम्मान गरिएको थियो ।

भेलामा हेटांैडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, वडा सदस्य लेखराज ढकाल, सरिता सापकोटा, मुना विक.विद्यालयका प्रवन्ध सञ्चालक रामहरि चौलागाई, नेपाल पत्रकार महासंघ, बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, मकवानपुर अध्यक्ष मणीराज गौतम, विद्यालय सञ्चालक समितिका पदाधिकारी, अभिभावक, विद्यार्थी लगायतको सहभागिता थियो ।

भेलामा विद्यार्थीहरुले विभिन्न नृत्य, कमिक्स, नाटक प्रर्दशन गरेका थिए । मकवानपुरको पूर्वी क्षेत्रको गहनाको रुपमा रहेको यस विद्यालयमा ६ सय ४५ जना विद्यार्थीहरु अध्ययनरत रहेको प्रिन्सिपल अरुण पराजुलीले बताए ।

Visited 90 times, 1 visit(s) today
भीमसेन पौडेल
थप जानकारी