हेटौंडा । मकवानपुरमा नेपाल कुस्ती संघको जिल्ला कार्य समिति गठन भएको छ । जुनेजु मियाँको अध्यक्षतामा बिहीबार हेटौंडामा ७ सदस्यीय कार्यसमिति गठन भएको हो ।

समितिको उपाध्यक्ष प्रकाश सुवेदी, सचिव अलि हुसेन मियाँ धुनियाँ, कोषाध्यक्ष अल्लाउदिन अन्सारी, सदस्यहरुमा जयस मियाँ, अन्जली श्रेष्ठ र अदाम हुसेन चयन भएका छन् । समितिको सल्लाहकारमा पूर्णभक्त लामा चयन भएका छन् ।

नेपाल कुस्ती संघका केन्द्रीय कोषाध्यक्ष जब्स मियाँको प्रमुख आतिथ्यता, संघका केन्द्रीय सदस्य सानु लामाको विषेश आतिथ्यता तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्कीको रोहबरमा समिति गठन गरिएको हो । संघले जिल्लामा खुस्तीको खेलाडी उत्पादन र प्रशिक्षणको कार्य अघि बढाउने समितिका अध्यक्ष मियाँले बताए ।