हेटौंडा । ११४ औं अन्तराष्ट्रिय महिला दिवसमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।

हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य शाखाको आयोजना एवं हेटौंडा अस्पताल र नेपाल परिवार नियोजन संघको समन्वयमा स्वास्थ्य शिविर हुन लागेको हो । हेटौंडा उपमहानगरपालिकाको प्राङ्गणमा फागुन २५ गते शुक्रवार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म शिविर सञ्चालन हुनेछ ।

शिविरमा महिलाहरुको प्रजनन् स्वास्थ्य लक्षित गरी पाठेघर, स्तन क्यान्सर, आङ खस्ने, फिष्टुला लगायतको निःशुल्क परीक्षण तथा उपचार गरिने हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।