हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ८ सिमपानीमा मंगलवार जग्गाको साधको बिषयमा विवाद हुँदा कुटपिट भएको छ । मनहरी–८ बस्ने अन्दाजी ५० बषिर्य मंगली माया थिङ कुटपिटबाट घाइते भएकी हुन् । 

थिङलाई सोही स्थानका छिमेकी २७ बषिर्य रोजन राइले जग्गाको साँधको विषयलाई लिएर कुटपिट गरी घाइते बनाएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । कुटपिट गर्ने राई प्रहरीको नियन्त्रणमा रहेका छन् । 

घाइते थिङलाई उपचारको लागी मनहरी अस्पतालमा पठाएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएको छ । थिङको अवस्था गम्भिर रहेको र उनको ओठ काटिएको‚ शरीरको भित्री भगमा चोट लागेको प्रहरीको भनाई छ ।