![](https://mail.anirudrakhabar.com/wp-content/uploads/2024/03/Messenger_creation_c4428400-6720-463a-88ac-dbf824b36bcd-1024x576.jpeg)
![](https://mail.anirudrakhabar.com/wp-content/uploads/2024/03/Messenger_creation_c4428400-6720-463a-88ac-dbf824b36bcd-1024x576.jpeg)
हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका ३, बसामाडी स्थित काका पार्टी प्यालेसमा आयोजित बिशेष कार्यक्रममा नेकपा एमाले, नेपाली काङ्ग्रेस र अन्य दल परित्याग गरि दुई सय भन्दा बढी युवा तथा सामाजिक व्यक्तित्व नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका छन् ।
बुद्ध लामा, उमेश तामाङ, जनम लामा, आइत बहादुर मोक्तानको नेतृत्वमा एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । नेकपा एसका स्थायी कमिटी सदस्य, पुर्व स्वास्थ मन्त्री विरोध खतिवडाले खादा र अबिर लगाउदै पार्टीमा स्वागत गरे ।
कार्यक्रममा नेकपा एसका केन्द्रिय सदस्य एवम् मकवानपुर इन्चार्ज मुनु सिग्देल, केन्द्रिय सदस्य एवम् हेटौंडा उपमहानगर पालिकाका प्रमुख मीना कुमारी लामा, गायत्री सुवेदी, पार्टी मकवानपुरका सचिव ध्रुव भुजेल, पार्टीका नेताहरु किशोर टन्डन, किरणमान बल, किशोर बर्तौला, शिवहरी बर्तौला, सफल अधिकारी, रोशन बल लगायतको आतिथ्यता थियो ।
एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष विष्णु दाहालको अध्यक्षतामा भएको कार्यक्रम एकीकृत समाजवादीका जिल्ला नेता किशोर बर्तौलाले संचालन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्