हेटाैडा । नेकपा एकीकृत समाजवादी निकट नेपाल बुद्धिजिवी परिषद् (समाजवादी) मकवानपुरको शनिबार भेला भएको छ ।

भेलाले विनोद रिजालको अध्यक्षतामा परिषद्को १५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । उपाध्यक्षमा गीता सन्जेल,सचिव सरस्वती तिमल्सिना, सह कोषाध्यक्ष रामचन्द्र पाठक लगायत रहेका छन् ।

नेपाल बुद्धिजिवी परिषद्का केन्द्रिय सदस्य किशोर ब्लोन नियोगको अध्यक्षता तथा परिषदका केन्द्रीय वरिस्ठ उपाध्यक्ष सिताराम घलेको प्रमख आतिथ्यतामा भेला भएको हो । भेलामा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य घनप्रसाद गौतम, पार्टी जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य मुनु सिग्देल, जिल्ला अध्यक्ष बिष्णुप्रसाद दहाल, जिल्ला सचिवालय सदस्य किशोर बर्तोला लगायतको उपस्थिती थियो ।