हेटौंडा । हेटौंडा–काठमाडौं जोड्ने छोटो दूरीको मार्ग अन्तर्गत कुलेखानी–फाखेल–फर्पिङ सडक भोलि मङ्गलवारबाट बन्द हुने भएको छ ।

मकवानपुर हुँदै काठमाडौँ जोड्ने कुलेखानी–फाखेल–फर्पिङ सडकको फर्पिङ–टल्कु–हुमाने सडक खण्ड अन्तर्गत लामा गाउँदेखि टल्कु बोसिन्डोलसम्मको भागमा कालोपत्रेको क्रममा कुलेखानी–फाखेल–फर्पिङ सडक बन्द गरिनेभएको हो ।

दक्षिणकाली नगरपालिकाले कुलेखानी–फाखेल–फर्पिङ सडकको लामा गाउँदेखि टल्कु बोसिन्डोलसम्मको तीन किलोमिटर सडक कालोपत्रे गर्ने कार्य भोलि मङ्गलबार सुरु गर्न लागेको जनाएको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवालीले लामा गाउँदेखि टल्कु बोसिन्डोलसम्मको सडक कालोपत्रेको क्रममा अर्को सूचना नभएसम्मका लागि उक्त सडक बन्द गरिएको जनाउनुभएको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मको लागि उक्त सडक भएर गुड्ने सवारी साधनहरू वैकल्पिक सडक प्रयोग गर्नुहुन आग्रह गरे ।

उक्त सडक खण्डको हुमाने भन्ज्याङदेखि लामा गाउँ पीपलबोटसम्म यसअघि कालोपत्रे गर्ने कार्य सम्पन्न भएकोमा दोस्रो चरणको लामा गाउँदेखि टल्कु बोसिन्डोलसम्मको सडक कालोपत्रे गर्न लागिएको हो । गोरखापत्रबाट