हेटौंडा । आइतबार दिउँसो हावाहुरी सहित परेको चट्याङ लागेर हेटौंडामा एक महिला घाईते भएकी छिन् ।
चट्याङ लागेर हेटौंडा १३ पदमपोखरी बस्ने ६६ वर्षीया ठुलीमाया वाइबा घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । चट्याङ लागेर घाईते उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
ठुलीमाया घरमै बसिरहेको अवस्थामा चट्याङ लागेको र उनको टाउकोमा चोट रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्