![](https://mail.anirudrakhabar.com/wp-content/uploads/2022/04/Fire-Aago.jpg)
हेटौंडा । हेटौंडा–१६ आकाशधारामा शनिवार शेर बहादुर गोलेको घरमा आगलागी भएको छ ।
जस्ताले छाएको काठकोबेरा भएको एक तले घरमा अचानक बिजुलीको तार सर्ट भई आगलागी हुँदाघर भित्र रहेको अन्नपात,लत्ताकपडा भाडा बर्तन,नगद जलेर नष्ट भएको छ ।
प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार एक लाख नगदसहित अन्दाजी ८ लाख बराबरको सामानहरु जलि नष्ट भएको हो । आगलागीमा मानबिय तथा चौपायको क्षति नभएको प्रहरीले जनाएको छ । स्थानियहरुको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।
प्रतिक्रिया दिनुहोस्