हेटौँडा। बागमती प्रदेश सभाको चालू हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुने भएको छ।

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेश सभाको चालू हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट लागू हुने गरी अन्त्य भएको घोषणा गरे ।

बुधबार दिउँसो बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले चालू अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको थियो। सोहीअनुसार प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ अनुसार प्रदेश सभा बैठक अन्त्य भएको घोषणा गरे ।

प्रदेश सभाको अधिवेशन प्रदेश सरकार मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुखबाट आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ।

Visited 51 times, 1 visit(s) today