हेटौंडा । हेटौंडामा साइक्लिङको लागि प्रचुर संभावना रहेको हेटौंडामा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन । हेटौंडामा साइकल संरचनाको संभावना बिषयक बृहत अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन ।

हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख हरिबहादुर महतले हेटौंडामा साइक्लिङको विकास गर्न सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले हेटौंडा उपमहानगरपालिकाबाट सकेको सहयोग गर्ने बचनबद्धता दिए ।

कार्यक्रममा त्रिभुवन बिश्वबिद्यालय अंग्रेजी केन्द्रीय बिभाग उप प्रध्यापक डाक्टर तारालाल श्रेष्ठले हेटौंडामा साइकल संरचनाको संभावनाबारे कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा आचल साहित्यकला पुञ्ज मकवानपुरकी अध्यक्ष अनिता न्यौपाने, नेपाली काग्रेस मकवानपुरका सचिव भिमसेन महत, मकवानपुर साइकल संघका अध्यक्ष संगित श्रेष्ठ लगायतकाले बोलेका थिए ।

आचल साहित्यकला पुञ्ज र हिमालय राइडर्स सोसाइटीको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नविन सिग्देल, वडा नम्बर ६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाइ, वडा नम्बर ७ का वडा अध्यक्ष राजन थापा, वडा नम्बर १२ वडा अध्यक्ष ललित घलान, १७ नम्बरका वडा अध्यक्ष भैरव बहादुर राई, हिमालय राइडर्स सोसाइटीका चेतनाथ आचार्य, इन्जिनियर सागर पन्थी लगायतकाको उपस्थिती रहेको थियो ।