हेटौँडा । काठमाडौंमा रहेको लर्ड बुद्व कलेजका विद्यार्थीहरुद्वारा हेटौँडामा रहेको रानी सामुदायिक  वन उपभोक्ता  समूहको अवलोकन  गरेका छन । सहभागी  विधार्थीहरुलाई समूहका उपाध्यक्ष  केशव धिताल  र कार्यालय सचिव भीमसेन  पौडेलले समूहले गरेका विभिन्न कार्यहरुको जानकारी  गराएका थिए । 

सहभागीहरूलाई समूहको पृष्ठभूमि, वन संरक्षण, व्यवस्थापन, महिला सहभागिता, सामाजिक  कार्य, संस्थागत विकास लगायतका विषयहरूमा जानकारी  गराएका थिए । विद्यार्थीहरूले वन समूहद्वारा निर्मित  पिसपार्कको समेत अवलोकन गरेका थिए । 

सर्वमान्य  गणेशमान सिह वन संरक्षण  प्रथम पुरस्कार, वनदेवी पुरस्कार , वन संरक्षण  युवा पुरस्कार, बागमती  प्रदेश स्तरीय  प्रथम पुरस्कार र जिल्ला स्तरीय  पुरस्कार  समेत प्राप्त गरेको यो समूहमा हाल सम्म राष्ट्रिय  तथा अन्तर्राष्ट्रिय  स्तरका समेत गरि ६ सय ७० वटा  टोलीहरूले  अवलोकन  गरिसकेको समूहले जनाएको  छ ।