हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं.६ सल्लाघारीमा अपरिचित युवाहरुको समुहले एक युवकमाथि कुटपिट गरेका छन् ।

बालजागृती स्कुल नजिकै हेटौंडा–१६ शक्तिरोड बस्ने २३ बर्षिय साजन रानालाई अपरिचित ३र४ जना केटाहरुको समुहले कुटपिट गरेका बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । 

गएराति टाउको र शरिरको बिभिन्न भागमा चोट लागेको अवस्थमा हेटौंडा–१६ बस्ने शंकर पाख्रिन सहितको ५र६ जनाको समुहले स्कुल नजिकै बसिरहेको अवस्थमा देखेपछि हेटौंडा अस्पताल ल्याएको प्रहरीले जनाएको छ । हेटौंडा अस्पतालमा उपचार सम्भव नभएपछि चितवनतर्फ लागेको र बिरामीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । कुटपिट गर्नेहरुको खोजतलास भइरहेको प्रहरीको भनाइ छ ।