हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा जहाज दुर्घटनामा परी निधन भएकाप्रति श्रद्दाञ्जली व्यक्त गरेका छन् ।

प्रमुख शर्माले समवेदना सन्देश जारी गर्दै विमान दुर्घटनामा परी निधन भएकालाई श्रद्दाञ्जली र घाइतेलाई शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।

काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एयरको ९ एन एएमई जहाज त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भई १८ जनाको निधन भएको थियो । दुर्घटनामा घाइते अवस्थामा उद्घार गरिएका पाइलटको उपचार भइरहेको छ । यस घटनाको खबरले आफूलाई अत्यन्त दुःखित तुल्याएको प्रमुख शर्माले बताए ।