
हेटौँडा । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ पापिखोल्छामा बिहीवार सवारी दुर्घटना हुँदा दुइजना घाइते भएका छन ।
सवारी चालक पर्सा वीरगन्ज महानगरपालिका–१४ बस्ने ३२ बर्षिय मुन्ना पटेल र .सोही स्थानका ४५ बर्षिया भोला साह घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । घाइतेहरूको हात र शरीरको बिभिन्न भाग, टाउको र अनुहारमा चोट लागेको छ । उनीहरूको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सिस्नेरी कुलेखानी फर्पिङ सडकखण्डमा काठमाण्डौबाट वीरगन्जतर्फ आँउदै गरेको ना ४ च २२३९ न.को बोलेरो गाडी आफै अनियन्त्रित भई १५ फिट तल खोल्सामा खस्दा दुर्घटना भएको हो । दुर्घटनामा सवारी साधनमा पूर्णरुपमा क्षति भएको छ ।
प्रतिक्रिया दिनुहोस्