हेटौँडा । हेटौँडा ६ मा रहेको सृजना टोल विकास संस्थाको २३ औ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।

हेटौँडा ६ का कार्यवाहक वडा अध्यक्ष विजय पौडेलको प्रमुख आतिथ्यता एवम संस्थाकी अध्यक्ष जीव कुमारी पौडेलको सभाध्यक्षतामा साधारणसभा भएको थियो ।

साधारणसभामा संस्थाकी अध्यक्ष जीव कुमारी पौडेलले संस्थागत प्रतिवेदन र कोषाध्यक्ष देवकी तिवारीले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

साधारणसभामा सञ्चारकर्मी भीमसेन पौडेल, ज्येष्ठ सदस्य ईन्द्रमाया चौलागाई, असली ऋणी सावित्री दाहाल र निवर्तमान सचिव मिना अधिकारीलाई सम्मानित गरिएको थियो ।

कार्यक्रममा हेटौडा उपमहानगरपालिका सामाजिक विकास महाशाखाकि पूजा अर्याल , टोल विकास संस्था नगर समन्वय समिति सदस्य हरि गोपाल सापकोटा , भूगोल ईन्चार्ज गोमा लामिछाने, टोल विकास संस्था वडा समन्वय समिति हेटौडा ६ का अध्यक्ष बासुदेव खतिवडा, सचिव राजकुमार फुयाल, न्यूरेनी चिसापानी सामुदायिक वनका अध्यक्ष प्रकाश कार्की, जनकल्याण सहकारीका उपाध्यक्ष श्याम प्रसाद भट्टराई , संस्था उपाध्यक्ष सुनिता पौडेल, सचिव टुक कुमारी चौलागाई, संस्थाका सदस्य लगायतको सहभागीता थियो ।

चौघडामा रहेको सिटी प्यालेसमा आयोजना गरिएको संस्थाको साधारणसभासंगै तीज विशेष कार्यक्रम समेत गरिएको थियो ।

सामाजिक गतिविधि सञ्चालनसंगै संस्थाले बचत संकलन र ऋण लगानी समेत गर्दै आएको छ । ९० घरधुरी रहेको संस्थाले ४२ लाख भन्दा बढी रकम संकलन गर्नुको साथै ३३ लाख भन्दा बढी रकम ऋण लगानी गरेको अध्यक्ष पौडेलले जानकारी दिए ।