हेटौँडा । महालक्ष्मी साहित्य पुरस्कार–२०८० मकवानपुरकी महाकाव्यकार मुना अर्याल (धिताल) लाई प्रदान गरिएको छ ।

मातृभूमि साहित्य समाज, मकवानपुरको आयोजना एवम् महालक्ष्मी विकास बैङ्क लिमिटेडको संयोजनमा एक्काईसौँ महालक्ष्मी साहित्य पुरस्कार, २०८० एकाउन्न हजार नगद सहित अर्याललाई शनिवार हेटौँडामा आयोजना गरिएको कार्यक्रममा प्रदान गरिएको हो ।

बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री सुरज चन्द्र लामिछाने, मातृभूमि साहित्य समाजका अध्यक्ष कृष्णप्रसाद दाहाल, प्रमुख संरक्षक मुक्ति गोविन्द बैद्य, महालक्ष्मी विकास बैंक लिमिटेडका क्षेत्रीय प्रबन्धक शम्भु पराजुली लगायतकाले संयुक्त रुपमा पुरस्कार तथा सम्मान वितरण गरेका थिए । यसअघि महालक्ष्मी साहित्य पुरस्कार–२०७९ वरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराईलाई प्रदान गरिएको थियो ।

पत्रकारिता क्षेत्रमा क्रियाशील मकवानपुरका पत्रकार माधव न्यौपानेलाई केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार, २०८० प्रदान गरिएको छ । उनलाई नगद १० हजार सहित सम्मानपत्र प्रदान गरिएको हो । त्यस्तै मकवानपुरका अग्रज शिक्षासेवी बद्रीनाथ शर्मा अर्याललाई “मकवानपुर श्रीसम्मान“ २०८१ प्रदान गरिएको छ ।

कार्यक्रममा महालक्ष्मी विकास बैंक लिमिटेडका क्षेत्रीय प्रबन्धक शम्भु पराजुली, मातृभूमि साहित्य समाज मकवानपुरका उपाध्यक्ष हेमन्त ढुङ्गेल, ह्यग्रीव आचार्य लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

Visited 34 times, 1 visit(s) today