
हेटाैडा । डेङ्गु राेग नियन्त्रणका लागि चाैघडामा जनचेतनामूलक र्यालीकाे आयाेजनाा गरिएको छ ।
हेटाैडा ६ चाैघडामा रहेकाे जनकल्याण बचत तथा ऋण सहकारी संस्थाकाे आयाेजना, हेटाैडा हेल्थपाेष्ट चाैघडाकाे समन्वय र सिर्जना टाेल विकास संस्था, श्रीनिवास टाेल विकास संस्था र संगालाे टाेल विकास संस्थाकाे सहयाेगमा र्यालीकाे आयाेजना गरिएको हाे ।
घर आगन सफा राखाै, सन्तुलित भाेजन खाउ , घरकाे ढाेका र झ्यालमा लामखुट्टे जान नसक्ने गरि जालीकाे प्रयाेग गराै भन्ने नाराका साथ न्यूरेनी, चिसापानी , चाैघडा लगायतका क्षेत्रहरुमा सचेतनामुलक प्लेकार्ड बाेकी जनताहरुलाई जानकारी गराईएकाे थियाे ।
साे अवसरमा हेटाैडा हेल्थपाेष्टका प्रमुख टिएन ढुङ्गेलले डेङ्गु राेगबाट बच्न सकिने उपायकाे बारेमा जानकारी गराएका थिए ।
जनकल्याण सहकारीका अध्यक्ष हिमाल पाैडेलकाे नेतृत्वमा निकालिएको जनचेतनामूलक र्यालीमा सहकारीका पदाधिकारी , टाेल विकास संस्थाका पदाधिकारी , महिला स्वास्थ्य स्वयमसेविमका, सुरक्षाकर्मी, स्थानीय लगायतकाे सहभागीता रहेकाे थियाे ।
प्रतिक्रिया दिनुहोस्