हेटौंडा । सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरको आयोजना र हेटौडा उपमहानगरपालिकाको सहयोगमा हटियामा रहेको चुरेकालीलेक सामुदायिक वनमा एक दिने बनडढेलो नियन्त्रण सम्वन्धि तालिम सम्पन्न भएको छ ।

सुख्खा याममा लाग्ने बनडेढेलोलाई कसरी नियन्त्रण गर्न सकिन्छ र वनडढेलो लाग्दा हुने क्षेति र न्यूनीकरणका विषयमा जानकारी दिने उद्धेश्यले तालिम प्रदान गरिएको आयोजकले बताएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको प्रमुख आतिथ्यता एवम स्थानीय महासंघ, हेटौडाका अध्यक्ष शम्भुप्रसाद न्यौपानेको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा हेटौडा–१७ का वडा अध्यक्ष भैरब बहादुर राई, सव डिभिजन वन कार्यालय, हर्नामाडीका प्रमुख दीपक पुडासैनी, चुरेकालीलेक सामुदायिक वनका अध्यक्ष सीताराम न्यौपाने, सञ्चारकर्मी भीमसेन पौडेल, फेकोफनकी सहजकर्ता अन्जली थापा, कार्यक्रम संयोजक सुमित लामा लगायतको सहभागिता रहेको थियो ।

भीमसेन पौडेल
थप जानकारी