हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकामा भएको पालिका स्तरीय अन्तर वडा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि साबिक विजेता समेत रहेको वडा नम्बर १० ले हात पारेको छ ।

शनिवार भएको फाइनल खेलमा वडा नम्बर १०ले वडा नम्बर ८ लाई   पेनाल्टी सुट आउटमा ८–७ गोल अन्तरले हराउँदै  वडा  १० विजयी भएको हो । उपाधि सँगै वडा १० ले नगद एक लाख, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उपविजेता बनेको वडा  ८ ले ६० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

फाइनल खेलको पहिलो हाफ बराबरी भएको थियो । खेलको १७ औँ मिनेटमा  १० नम्बर वडाका सूर्य थिङ्गले  पहिलो गोल गरेका थिए भने वडा ८ का देवदुत नेगीले २३ औँ मिनेटमा गोल फर्काउँदै  बराबरीमा पु र्‍ याएका थिए । दोस्रो हाफमा दुबईतर्फबाट गोल  गर्न असफल भएपछि खेल पेनाल्टी सुट आउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा दुवैतर्फबाट बराबरी  ५–५ गोल भएको थियो भने  सडनडेथमा ३–२ गोल भए सङ्गै ८–७ गोल अन्तरले  वडा नम्बर १० विजयी भएको हो । खेलको म्यान अफ द म्याच वडा १० का गोलरक्षक विशाल वाइबा घोषित भए ।

गाउँपालिकाको आयोजना तथा कैलाश गाउँपालिका खेलकुद विकास समितिको व्यवस्थापनमा प्रतियोगिता भएको हो । समितिका संयोजक मोहन वाइवाको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । अध्यक्ष मुक्तानले विजेता र उपविजेतालाई पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा उत्कृष्ट उदयीमान खेलाडी वडा  ८का  विपु मुक्तान, उत्कृष्ट फरवार्ड  वडा १० का सागर बल, उत्कृष्ट डिफेन्डर वडा १० सूर्य थिङ्ग,  उत्कृष्ट मिडफिल्डर  वडा ८ का विपु मुक्तान , खेल अवधिमा धेरै गोलगर्ने  वडा ८ का खेलाडी राजन स्याङ्बो(६गोल),  उत्कृष्ट गोलरक्षक वडा १०का विशाल वाइवा र  सर्वोत्कृष्ट खेलाडी वडा १० अनित सिंतान घोषित भए । उनीहरूलाई ट्रफि प्रदान गरिएको थियो ।

गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल विशेष आतिथ्यता रहेको कार्यक्रममा  वडा नम्बर ९ का वडाध्यक्ष भुवन सिं घलान, वडा १०का अध्यक्ष सूर्य बहादुर ब्लोन   वडा ८ का अध्यक्ष आशिष प्रजा, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख समीर जोशी, कालिका माविका प्रअ रामप्रसाद कालाखेती, प्रहरी चौकी नामटारका इन्चार्ज हिराबहादुर श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।

Visited 20 times, 1 visit(s) today