
हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका–६ रुपाचुरीमा शनिवार दिउँसो हावाहुरीसँगै परेको चट्याङ लागेर तीन जना घाइते भएका छन् ।
रुपाचुरीका ३८ वर्षीय मङ्गल मुक्तान, उहाँको छोरा १८ वर्षीय कल्सान मुक्तान र २७ वर्षीय कालिमान बल घाइते भएका हुन् ।
चट्याङ लाग्दा मङ्गल र कालिमानको छातीमा भित्री चोट लाग्नुका साथै मुखबाट रगत समेत आएको र कल्सानको टाउको दुखेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । उपचारका लागि तीनै जनालाई सरकारी अस्पताल भरतपुर चितवनमा लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
Visited 21 times, 1 visit(s) today
प्रतिक्रिया दिनुहोस्