हेटौँडा । लामो समयदेखि गैर सरकारी क्षेत्रमा क्रियाशिल मकवानपुरका बुद्ध शरण लामा गैरसरकारी संस्था महासंघ नेपालको केन्द्रीय सचिवमा निर्वाचित भएका छन । महासंघको २०८१ फागुन २६ र २७ गते सम्पन्न ११ औं महाधिवेशनबाट लामा केन्द्रीय सचिवमा निर्वाचित भएको गैसस मकवानपुरका सदस्य अनन्त बानियाले जानकारी दिए ।

लामाले लामो समयदेखि गैससको विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आएका छन । गैसस मकवानपुरको २०५३ सालमा कोषाध्यक्ष, २०५६ मा जिल्ला सचिव, २०५९ मा उपाध्यक्ष र २०६३ देखि २०६८ सम्म जिल्ला अध्यक्ष भएका लामा २०६९ देखि २०७२ सम्म मध्यमाञ्चल क्षेत्रिय अध्यक्षको जिम्मेवारीमा रहेर काम गरेका हुन ।

त्यस्तै उनी २०७३ देखि २०७५ सम्म बागमती प्रदेश अध्यक्ष हुँदै २०७५ देखि २०७८ सम्म केन्द्रीय सदस्य तथा बागमती इन्चार्ज र २०७८ देखि २०८१ सम्म केन्द्रीय सचिव भएका लामा पुनः सचिवमा चयन भएको गैसस मकवानपुरका सदस्य बानियाँले अनिरुद्र खबरलाई जानकारी दिए । केन्द्रीय सचिवमा निर्वाचित भएका लामाले गैससको गरिमालाई थप अगाडि बढाउन शसक्त रुपमा काम गर्ने प्रतिक्रिया दिए ।