
हेटौँडा । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विरोधमा आज मंगलबार साँझ हेटौँडामा बिरोध प्रदर्शन गरिएको छ । माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग (वाइसीएल) मकवानपुरले हेटौँडामा प्रदर्शन गरेको हो ।
वाइसिएलका युवा तथा कुलमान समर्थकहरुले टुकी बत्ती सहितको जुलुस निकालेर सरकारको विरोध गरेका हुन् । विरोधसँगै उनीहरुले सरकार विरोधी नाराबाजीसहित नगर परिक्रमा गरेका थिए । विरोध प्रदर्शन गर्ने क्रममा प्रदर्शनकारीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका थिए ।
सिमाचोकबाट टुकी बत्ती बाल्दै बुद्धचोक, उद्योग वाणिज्य संघ चोक, कान्तिराजपथ, खोप्पे गल्ली हुँदै सिमाचोक पुगेर कोणसभामा परिणत भएको थियो ।
Visited 56 times, 1 visit(s) today
प्रतिक्रिया दिनुहोस्