
हेटाैँडा । मकवानपुरमा विद्युतीय गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । यस्तै १४ जना घाइते भएका छन् । मकवानपुर प्रहरीका अनुसार मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ धरमपानीस्थित कान्तिलोक पथ सडक खण्डमा शुक्रबार राति १ बजेको इभी गाडी दुर्घटना हुँदा २ जना महिलाको मृत्यु भएको हो ।
मृत्युु हुनेमा सर्लाहीको बागमती नगरपालिका- ७ की १३ वर्षीया मानुसी मगर र को रौतहट दुर्गा भवानिपुर गाउँपालिका-५ की ५० वर्षीया निलम देवी राउत रहेका छन् । मगरको घटनास्थलमा र राउतको उपचारको क्रममा मृत्यु भएको हो ।
काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ७०७२ नम्बरको यात्रुबाहक इभी माइक्रो गाडी सडकबाट करिव २०० मिटर तल खसेको थियो । गाडीमा चालकसहित १६ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा रौतहट दुर्गा भवानिपुर- ५ बस्ने वर्ष ५५ को राम प्रकाश राउत, सर्लाही बरहथहवा- ८ बस्ने वर्ष ५२ को शिवशंकर राय, सोही स्थान बस्ने वर्ष ४५ की रिकिदेवी राय, बरहथवा-९ बस्ने वर्ष २७ को मनोज राय घाइते भएका छन् । उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै सर्लाही हरिहरपुर-१ बस्ने वर्ष २७ को नवराज मगर, सोही स्थान बस्ने वर्ष १६ की प्रियंका मगर, वर्ष १५ को सृजन मगर, वर्ष ४० की जमुना मगर, वर्ष १९ को सुदिप रिसाल, विष्णुपुर-३ मधुवनगोठ बस्ने वर्ष २७ को देवराज कुमार साह, सोही स्थान बस्ने वर्ष ४२ की किसुनव्रर्ती साह, बागमती-७ बस्ने वर्ष १६ की युनिका दर्लामी मगर, महोत्तरी गौशाला-५ बस्ने वर्ष १६ को आदित्य छोरचंगी मगर घाइते भएका छन् ।
उनीहरु सबै मकवानपुर सहकारी अस्पतालमा उपचारत रहेका छन् । गाडीमा यात्रु संख्या क्षमताभन्दा बढी रहेको र सडकबाट गाडी अनियन्त्रित भई खसेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्