हेटाैँडा । मकवानपुर प्रहरीले २२५ बोतल अवैध लागूऔषध वनरेक्ससहित हेटौंडाबाट एकजनालाई पक्रेको छ । पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका-९ बस्ने २४ वर्षीय मुम्ताज मियाँ रहेका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-१५ रातोमाटेमा चेकिङको क्रममा अमलेखगन्ज बाराबाट काठमाडौंतर्फ जान आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ४५१ नम्बरको सुमो चेकिङको क्रममा हुडमा रहेको स्पेर टायरभित्र लुकाएर ल्याएको २२५ बोतल लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

टायरभित्र प्वाल पारेर लुकाइ ल्याएको अवस्थामा सय मिलिलिटरको वनरेक्ससहित चालक मियाँलाई सुमोसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

प्रहरीले मियाँलाई जिल्ला अदालत मकवानपुरबाट ५ दिनको म्याद अनुमति लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

Visited 55 times, 1 visit(s) today