हेटाैँडा । प्रहरीले हेटौडा उपमहानगरपालिका—३ वसामाडीबाट २२ गोरु सहित चार जनालाई नियन्त्रणमा लिएका छ । चितवनबाट हेटौडतर्फ आउदै गरेको बा.प्र.०३–००१ख ३४११ ट्रकमा ति गोरुहरु ल्याईदै थिए ।

पशु स्वास्थ्यको विवरण समेटिएकाे भेटेरिनरी प्रमाणपत्र नभएकाे र विक्रीका लागि भारततर्फ लैजान लागेको आशंकामा प्रहरीले ति गोरु नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रहरी नायब उपरिक्षक एव प्रवक्ता श्यामु अर्यालले चौपाया, ट्रक र नियन्त्रणमा लिएका व्यक्तिहरुलाई आवश्यक कारवाहीका लागि पशुसेवा केन्द्र हेटौडामा पठाईएको बताए ।

Visited 4 times, 1 visit(s) today