हेटौँडा। हेटौँडा उपमहानगरपालिका–४ निर्माण व्यवसायी सङ्घ नजिकै मोटरसाइकलले पैदलयात्रुलाई ठक्कर दिँदा मोटरसाइकल चालक, पछाडि बस्ने र पैदल यात्रु घाइते भएका छन ।

हुप्रचौरबाट भैरव रोड तर्फ जाँदै गरेको ना ३४ प ११८१ को मोटरसाइकलले पैदल यात्री हेटौँडा उपमहानगरपालिका–४ हुप्रचौर बस्ने ४० वर्षीय सरिता दराईलाई ठक्कर दिएको हो । उनको टाउकोमा चोट लागेको छ । दुर्घटनामा मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका–६ हातिलेट बस्ने २० वर्षीय नवीन गौतम र पछाडि सवार हेटौँडा उपमहानगरपालिका–१६ हटिया चिसापानी बस्ने २३ वर्षीय प्रबिन दाहाल घाइते भएका छन ।

गौतमको मुखमा र दाहालको बायाँ खट्टामा चोट लागेको प्रदेश प्रहरीले जानकारी दिएको छ । घाइते तीनै जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।

Visited 521 times, 1 visit(s) today