
हेटौँडा । पूर्व–पश्चिम राजमार्गको हेटौँडा–११, थानाभर्याङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा–११, नवलपुरका २४ वर्षीय उमेश तामाङ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल पछाडि सवार तामाङ गम्भीर घाइते भएका थिए । थानाभर्याङस्थित सीएमसी चुरेहिल हस्पिटल पु¥याउँदा तामाङलाई डाक्टरले मृत घोषित गरेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक हेटौँडा–११, नवलपुरका ३६ वर्षीय रोहित भन्ने मान बहादुर रुम्बा घाइते भएका छन । उनको टाउको, बायाँ हात र खुट्टामा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।
बुधवार राती १० बजेर ५५ मिनेटको समयमा थानाभर्याङबाट नवलपुरतर्फ जाँदै गरेको प्रदेश २ ०३–०१३ प ४९२१ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भई सडक छेउको पोलमा ठोक्किएर अन्दाजी ५० फिट तल खसेर दुर्घटना भएको थियो ।
प्रतिक्रिया दिनुहोस्