
हेटौँडा । हेटौँडाको मुख्य बजार क्षेत्रमा वृहत् सरसफाइ गरिएको छ । बुधवार बिहान हेटौँडा–४ हुप्रचौर लगायतको क्षेत्रमा परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले सरसफाइ गरेको हो ।
स्वच्छ समाज निर्माण तथा वातावरणीय सचेतना जागरण गराउने उद्देश्यले मण्डली सदस्यहरू, सुरक्षाकर्मीहरू र नगर प्रहरी लगायत चार सय जनाको सहभागितामा हेटौँडा बजार क्षेत्र सरसफाइ गरिएको मिलन चौलागाईले जानकारी दिए ।
वातावरणलाई स्वच्छ राख्न, स्वस्थ जीवन जिउन मद्दत गर्न सरसफाइ कार्यक्रमको आयोजना गरिएको उनले बताए । स्वयंसेवकहरूले करिब ३ टिपर विभिन्न प्लास्टिकजन्य फोहोरहरू सङ्कलन गरेका थिए ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले ८७२३औँ विश्व वातावरण सरसफाइ अभियान हेटौँडा क्षेत्रमा गरेको भन्दै मण्डलीलाई धन्यवाद दिएका छन् । साथै कार्यक्रममा शैक्षिक, सामाजिक, प्रशासनिक, राजनीतिज्ञ,सूचना तथा सञ्चार लगायत विभिन्न क्षेत्रमा कार्यरत अतिथिहरूको बाक्लो उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्