हेटौंडा । मकवानपुर प्रहरीले नयाँ (अनटेष्ट) मोटरसाईकल सहित एकलाख रुपियाँ बरामद गरेको छ । प्रहरीले लागु औषध अफिम जस्तो देखिने ५ किलो पदार्थ समेत बराद गरेको हो ।

बिशेष सूचानको आधारमा ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले कैलाश गाउँपालिका वडा नम्बर ७ रतुवा स्थित भित्री ग्रामिण सडकखण्डमा तामलाङबाट मनहरी तर्फ आउँदै गरेको नयाँ (अनटेष्ट) २२० सिसिको पल्सर मोटरसाईकललाई रोक्न खोज्दा मोटरसाइकल र झोला छोडि चालक फरार भएका थिए । फरार भएका मोटरसाइकल चालकको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।