हेटौंडा । सुख्खायाममा लाग्ने वनडढेलोलाई कसरी बचाउने भन्ने विषयमा बुधवार हेटौडा–१८ दोभानचौरमा रहेको बंशगोपाल सामुदायिक वन उपभोक्ता समूहमा एक दिवसीय वनडढेलो ब्यवस्थापन तालिम सम्पन्न भएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरको आयोजना र हेटौडा उपमहानगरपालिकाको सहयोगमा तालिमको आयोजना गरिएको हो । तालिममा सुन्दर सामुदायिक वन उपभोक्ता समूहका पुर्व अध्यक्ष बुद्धिप्रसाद पौडेलले सहजीकरण गरेका थिए । तालिममा वनडढेलोले पु¥याउने हानी, वातावरणीय क्षेती, वनपैदावारमा हुने हानी, वनडढेलो नियन्त्रण गर्ने उपाय लगायतका विषयहरुमा जानकारी गराइर्एको थियो ।

हेटौडा उपमहानगरपालिकाकी उपमेयर मीना लामाको प्रमुख आतिथ्यता एवम स्थानीय महासंघ, हेटौडाका अध्यक्ष शम्भुप्रसाद न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, सव डिभिजन वन कार्यालय, हर्नामाडीका प्रमुख दीपक पुडासैनी, हेटौडा उपमहानगरपालिकी आर्थिक विकास महाशाखा प्रमुख गंगा चौलागाई, वातावरण ईन्जिनियर चन्द्रा खड्का, समूहका अध्यक्ष हरेराम बानियाँ, सञ्चारकर्मी भीमसेन पौडेल, फेकोफन सहजकर्ता अन्जली थापा, सुमित लामा लगायतको उपस्थिति रहेको थियो ।

तालिममा बंशगोपाल सामुदायिक वनका ३० जना उपभोक्ताहरुको सहभागिता रहेको थियो । महासंघले सुख्खायाममा लाग्ने बनडढेलोलाई मध्यनजर गर्दै यस अघि हेटौडा–१७ हटियामा रहेको चुरेकालीलेक र हेटौडा–१९ मा रहेको जलेश्वर सामुदायिक वन समूहमा सचेतनामुलक वनडढेलो व्यवस्थापन तालिम सञ्चालन गरेको थियो ।

भीमसेन पौडेल
थप जानकारी