हेटौंडा । १२ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले एक युवकलाई १८ बर्ष कैद सजायको फैसला गरेको छ ।

शुक्रबार जिल्ला न्यायाधीस डिल्लीरत्न श्रेष्ठको एकल इजलासले पीडितलाई पीडकबाट एक लाख रुपैयाँ क्षतिपूर्ति रकम भराउन पनि आदेश गरेको श्रेस्तेदार तीर्थ भट्टराईले जानकारी दिए ।

अदालतले हेटौंडा उपमहानगरपालिका—११ का ३९ वर्षीय विमल लामालाई १८ वर्ष कैद सजाय सुनाएको श्रेस्तेदार भट्टराईले बताए । अभियुक्त लामाले १२ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको हो । लामामाथि २ असार २०७८ मा बालिकालाई हेटौंडा उपमहानगरपालिका—१० स्थित एक होटलमा लगेर बलात्कार गरेको आरोप थियो ।

चितवनबाट हेटौंडा घर आएकी बालिका राति बसपार्कमा ओर्लिएकी थिइन् । लामाले बालिकालाई घर पु¥याइदिने भन्दै झुक्याएर होटलमा लगेर बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । लामालाई क्षेत्रीय कारागार भीमफेदी पठाइएको छ ।

साभार इकान्तिपुर ।