हेटौंडा । हेटौंडामा एक युवतीलाई युवाले छुरा प्रहार गरि फरार भएका छन । हेटौंडा–८, कमानेस्थित स्मृति टोलमा शुक्रबार साँझ युवतीलाई छुरा प्रहार गर्ने युवक अझै फरार रहेका छन, उनलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।
हेटौंडा–५ का २९ वर्षीय सिर्जन यादवले हेटौंडा–७ की अनिशा राईलाई छुरा प्रहर गरी फरार भएका थिए । युवतीलाई छुरा प्रहार गरी फरार भएका यादवको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । युवतीको घाँटीको पछाडि भागमा चोट लागेको र काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको हेटौंडामा उपचारपश्चात् थप उपचारका लागि काठमाडौं रिफर गरिएको थियो ।
मकवानपुर बहुमुखी क्याम्पस एम एड तेस्रो सेमेस्टरमा अध्ययनरत राई मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको सञ्जाल सदस्य, सानाहातहरु नेपालका सदस्य, सुरक्षित वैदेशिक रोजगार परामर्श दाताको रुपमा कार्यरत रहेकी थिइन् ।
घटनाका दोषी यादब भने फरार छन् । उनको खोजी कार्य तीब्र भइरहेको छ । अनिशाको परिवारले भने यादबले हत्या गर्ने मनासय राखेर शरीरको विभिन्न भागमा छुरा प्रहार गरेको बताएका छन् । उनीहरुले तत्काल यादबको खोजी गरी कानुनी दायरमा ल्याउन समेत आग्रह गरेका छन् ।
त्यस्तै मकवानपुर बहुमुखी क्याम्पस एम एड तेस्रो सेमेस्टरमा अध्ययनरत राईको हत्या गर्ने मनसायले शरीरको विभिन्न भागमा छुरा प्रहार गरि फरार रहेका यादवलाई मकवानपुर बहुमुखी क्याम्पस स्ववियु सभापति कुमार केसीले तत्काल पक्राउ गरि कार्वाही गर्न माग गरेका छन ।
उनले लामो समय बितिसक्दा पनि दोषिलाई पक्राउ गर्न नसक्नुले प्रहरीको कार्यक्षमता माथि प्रश्न चिन्ह खडा भएको बताए । दोषिको पहिचान हुँदा पनि प्रहरीले पक्राउ गर्न नसकेको प्रति उनले आक्रोश पोखे । दोषिलाई खोजतलास गरि हदैसम्मको कारबाहीको माग समेत केसीले गरेका छन । उनले सामाजिक संजालमा लेख्दै कता जादै छ यो समाज ? भनेर प्रतिप्रश्न समेत गरेका छन ।
प्रतिक्रिया दिनुहोस्