हेटौंडा । हेटौंडा उपमहानगरले आफ्नो ४ नंबर वडाध्यक्ष नविन सिग्देलमाथि कुटपिट भएको भन्दै घटनाको घोर भत्र्सना गरेको छ ।

उपमहागरका प्रवक्ता सविन न्यौपानेले एक प्रेस विज्ञप्ती जारी गर्दै वडाध्यक्षमाथि कार्यकक्षमै कुटपिट भएको घटनामा उपमहानगरपालिकाको ध्यानाकर्षण भएको जनाउँदै दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् ।

एमाले मकवानपुरका सचिवसमेत रहेका वडाध्यक्ष सिग्देललाई मंगलबार दिउँसो नेकपा एमाले मकवानपुर जिल्ला कमिटीका सदस्य सानु लामाले कुटपिट गरेका थिए ।

वडा कार्यालयमा आफुमाथि कुटपिट भएको भन्दै वडाध्यक्ष सिग्देलले जिल्ला प्रहरी कार्यालयमा लामा विरुद्ध उजुरी दिएका थिए । प्रहरीले लामाको खोजि कार्य गरिरहेको जनाएको छ ।