हेटौंडा । साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ ।
आइतबार नेप्से परिसूचक ४०.५७ अंक घटेर २ हजार ८३६.१७ विन्दुमा झरेको छ । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ७.७३ अंक घटेर ५३१.९२ विन्दुमा झरेको छ । फ्लोट इण्डेक्स २.८ अंक र सेन्सेटिभ इण्डेक्स २.४८ अंक घटेको छ ।
आइतबार कारोबारमा आएका २२८ कम्पनीको १ करोड ६ लाख ५१ हजार कित्ता शेयर ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । गत बिहीबारको तुलनामा आइतबार नेप्से परिसूचकसँग कारोबार रकममा समेत गिरावट आएको छ । गत बिहीबार ८ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो ।
आइतबार १३ वटै उपसमूहको परिसूचक गिरावट आएको छ । जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक भने सबैभन्दा बढी ३.५७ प्रतिशत घटेको छ । वित्त उपसमूहको परिसूचक २.४१, विकास बैंकको १.९६, अन्यको १.६८, व्यापारको १.६६, लघुवित्तको १.४८, लगानीको १.३१, जलविद्युतको १.१३ र बैंकिङ्ग उपसमूहको १.०४ प्रतिशत घटेको नेप्सेले जनाएको छ ।
आइतबारको कारोबारमा नेप्सेसँगै कारोबार रकम घटे पनि नेपाल हाइड्रो डेभलोपर्स कम्पनीको शेयरमूल्य भने सबैभन्दा बढी ८.०८ प्रतिशतले बढेको छ । एनआरएन इन्फ्रास्ट्रक्चर, शिखर इन्स्योरेन्स, साहस उर्जाका शेयरमूल्य पनि बढेको छ । तर यता विन नेपाल लघुवित्तको शेयरमूल्य भने सबैभन्दा बढी गिरावट आएको छ ।
आज कारोबार रकमका आधारमा ५४ करोड ४९ लाख रुपैयाँ भन्दा बढीको शेयर कारोबार गरेर अरुण भ्याली हाइड्रोपाव शीर्ष स्थानमा रहेको छ । नेपाल लाइफ इन्स्योरेन्सको ४२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्