हेटौंडा । तीनजनाको साढे दुई करोड लगानीमा हेटौंडा–२ मा स्वीमिङ, स्केटिङ र रेष्टुरेन्ट सञ्चालनमा आएको छ । आरसी इन्टरनेस्नल प्रालि कम्पनि मार्फत तीन जना मिलेर व्यवसायिक तरिकाले स्वीमिङ, स्केटिङ र रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।
सुरुवातीमा १२ युवाले रोजगारी पाएको सञ्चालक रमेश सापकोटाले पत्रकार सम्मेलनमा जानकारी दिए । रेस्टुरेन्टमा बेकरीका परिकारहरु पनि उत्पादन गरिएको छ । युवराज भण्डारी र जागृत चौरेलले पनि लगानी गरेका छन ।
प्रतिक्रिया दिनुहोस्