हेटौंडा । केहीदिनदेखि शेयर बजार ओरालो लाग्ने क्रम जारी रहेको छ । शेयर बजार निरन्तर घटिरहेको छ । गत साताको अन्तिम दिन विहीबार ३३ अंकले बजार उकालो थियो भने यो साता बजार निरन्तर ओरालो झर्ने क्रममा छ । चार दिनमा बजार १५५.३० अंकले तल झरेको हो ।

नेप्सेका अनुसार आज पनि बजार ३८.४२ अंकले घटेको हो । १.३६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २७७६.६५ अंकमा झरेको छ ।
आज २३३ कम्पनीका ९३ लाख ५८ हजार ७ सय कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२.१७ रुपियाँ बराबरको कारोबार भएको हो ।

बजार ओरालो लागिरहँदा आज सबै समूह राताम्मे भए । जीवन बीमा समूह सबैभन्दा बढी २९८.१७ अंकले घटेको हो । बजार घटेको दिन आज दुई कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । वीन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोको शेयर मूल्य १०–१० प्रतिशतले बढेको हो । आज पोखरा फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी ५.५९ प्रतिशतले घाटा व्यहोरेका छन् । नेप्सेका अनुसार आज अपि पावर कम्पनीको उच्च कारोबार भएको छ । अपिको १६ करोड ७७ लाख ५७ हजार ४ सय ३४.२० रुपियाँ बराबरको कारोबार भएको हो ।

आजको बढी कमाउने र बढी गुमाउने कम्पनीहरु हेर्नुहोस् ।