हेटौंडा । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बागमती प्रदेशको स्वीकृत कार्यक्रम अनुसार प्रथम चौमासिक प्रगति समीक्षा गोष्ठी हेटौंडामा भएको छ ।

बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री बसुन्धरा हुमागाईको प्रमुख आतिथ्यता तथा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाका प्रमुख डाक्टर बज्रकिशोर ठाकुरको सभाध्यक्षतामा समीक्षा गोष्ठी भएको हो ।

कार्यक्रममा पशु सेवा तालिम केन्द्र ललितपुरका पशु विकास अधिकृत डा. शुसिला श्रेष्ठ, मत्स्य विकास केन्द्र चितवनका वरिष्ठ मत्स्य विकास अधिकृत माधव दाहाल, बाख्रा फार्म चित्लाङका होम बहादुर थापा लगायतले प्रथम चौमासिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव शरण कुमार पाण्डे, महाशाखा प्रमुख झलकनाथ कँडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।