हेटौंडा । हेटौंडा ५ क्याम्पाडाँडामा निर्माणाधिन रहेको रंगशालाका लागि अष्ट्रेलिया बाट सहयोग प्राप्त भएको छ । पिप्ले युवा क्बलले निर्माण गरिरहेको रंगशालाका लागि तीन लाख रुपैयाँ नगद सहयोग प्राप्त भएको हो ।

हेटौंडा–७, न्यूरेनी घर भई १५ वर्षदेखि अष्ट्रेलियामा बस्दै आएका रामशरण क्षेत्रीले रंगशाला निर्माण गर्न नगद सहयोग उपलब्ध गराएका हुन् । उनका दाजु ज्ञानु क्षेत्रीले सहयोग रकम हेटौंडा–५ का वडाअध्यक्ष राजेश बानियाँको उपस्थितिमा पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरेलाई हस्तान्तरण गरेका थिए ।