काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला लिग फुटबल आगामी माघ १५ गतेदेखि आयोजना गर्ने तयारी गरेको छ ।

एन्फा महिला समितिकी संयोजक पेमा लामाले माघ १५ गतेदेखि राष्ट्रिय लिग गर्ने तयारी भइरहेको जानकारी दिइन् ।

यस पटक राष्ट्रिय लिगमा ८ टिमले प्रतिस्पर्धा गर्नेछन् । पछिल्लो पटक ७ टिमले प्रतिस्पर्धा गरेमा उदयपुरको चौदण्डी नगरपालिका अन्तिम हुँदै रेलिगेसनमा परेको थियो ।
यसपटक महिला राष्ट्रिय लिग छनोट प्रतियोगिताबाट छनोट भएका दुई नयाँ टिमको राष्ट्रिय लिग खेल्नेछन् ।

साविक विजेता एपीएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, विराटनगर महानगरपालिकाका सहित उपमेयर कप महिला राष्ट्रिय लिग छनोटका विजेता धनगढी उपमहामनगरपालिका र उपविजेता ललितपुर महानगरपालिकाले लिगमा प्रतिस्पर्धा गर्नेछन् ।

गत वर्ष डबल राउण्ड रोविनका आधारमा भएको लिगमा एपीएफले सबै १४ खेल जित्दै अपराजित रहेर उपाधि जितेको थियो ।

यसपटक डबल राउण्ड रोविन लिगका आधारमा हुने महिला राष्ट्रिय लिगका खेलहरु यसपटक काठमाडौं बाहिर लग्ने तयारी भइरहेको एन्फा महिला समिति संयोजक पेमा लामाले जानकारी दिइन् ।

अनिरुद्रखबर संवाददाता
थप जानकारी