हेटौंडा । मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–९ टर्लिङ भन्ने गाँउमा भाइरल ज्वरोको कारण ४१ जना बिरामी भएका छन् ।

बिरामीहरूको अवस्था सामान्य रहेको प्रहरी चौकी कान्द्राङले जनाएको छ । त्यसैगरी स्वास्थ्य चौकी खैराङबाट औषधिसहितको टोली पठाइएको छ ।

उक्त गाउँमा २१÷२२ घर धुरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।