हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका ५ नं. वडाका एघार भूमिहीन, दलितले जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) पाएका छन् । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेले शनिवार आयोजित कार्यक्रममा जग्गाधनी प्रमाणपूर्जा वितरण गरेका हुन ।

स्थानीय शुक्रवहादुर भुलुन, निर माया भुलुन, फुलमाया भुलुन, सुवास कुमार विक, सुशिला विश्वकर्मा, बाबुलाल थिङ, कमल बहादुर थिङ, कान्छीमाया पुलामी, हस्तवहादुर थिङ, लक्ष्मण थापा र विनोद वाईवाले लालपूर्जा प्राप्त गरेका हुन् ।

कार्यक्रममा सामाजिक विकास मन्त्री कुमारी मोक्तान, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी छिन्तु, राष्ट्रिय भूमिआयोग मकवानपुरका अध्यक्ष विष्णुप्रसाद दाहाल, बकैया गाउँपालिका उपाध्यक्ष भक्ताबहादुर खत्री, निर्वतमान अध्यक्ष दामोदर खनालले मन्तव्य व्यक्त गरेका थिए । बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा ५ नं. वडा अध्यक्ष लक्ष्मी जिम्वाले स्वागत गरेकी थिइन् ।