हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ६ कत्लेमा एक पुरुष मृत भेटिएका छन ।

झाडी फाडन घरबाट हिडेका अर्जुन गुरुङ मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सोमबार दिउँसो बकैया–६ को कत्लेमा शव फेला परेको थियो ।

शवको सनाखत भइसकेको र शव स्थानीय ५२ वर्षीय अर्जुन गुरुङको रहेको प्रहरीले पुष्टि गरेको छ । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।