हेटौंडा । बकैया गाउँपालिका वडा नं. ११ मा नेपाली काँग्रेसबाट वडा अध्यक्ष उम्मेदवार गोपाल बहादुर नेसुरले अधुरा कामहरु पूरा गर्ने बताएका छन ।

अनिरुद्र खबर संग कुराकानी गर्दै उनले वडाको विकास अझैं गर्नुपर्ने र अधुरा रहेका कामहरु पुरा गर्न उम्मेदवारी दिएको बताए । नेसुर यस अघि वडा नं. ११ का वडा अध्यक्षमा निर्वाचित जनप्रतिनिधि हुन । उनले ५ बर्षे कार्यकालमा वडाको मुहार फेर्ने धेरै काम गरेको बताए ।

उनले पर्यटनको विकासलागि बकैया ११ राधा हिल्समा युगल पार्क स्थापना साथै बकैया ११ खोर भन्ज्याङमा एतिहासिक रुद्रस्थलीलाई रुद्रस्थली पार्कको रुपमा रुपान्तरण गरि बकैया कै मुख्य पर्यटकीय गन्तव्य बनाउन लागि पर्ने बताए । हालको वडा कार्यालयबाट अपाएक पर्ने वाइवा लो से का वडावासीलाई वडाका सेवा प्रदान गर्न हप्ताको दुई दिन सेवा उपलब्ध गराउने बताए । एतिहासिक मन्दिर, चर्च, गुम्बाहरुको संरक्षण गर्न आफु प्रतिवद्ध रहेको उनको भनाई छ ।

उनले बकैयाको मोरङ्गे हुँदै आहले कान्तिलोकपथ जोड्ने सडक पुरा गर्ने, कालिदमारदेखि खोर भन्ज्याङ सडक स्तरोन्ती गरि स्ल्याव गर्ने, जुरेली घुम्ती सडकको ठाउँ ठाउँमा कज वे राखी पुल पुल सहित पक्की नाला र स्ल्याव ढलान गर्नेे, गमनटार देखि कुन्जीकोट जोड्ने बाटोको योजना पुरा गर्ने प्रतिवद्धता जनाएका छन ।

त्यस्तै एक घर एक धारोको अवधारणा अनुसार प्रत्येक घरघरमा खानेपानी पु¥याउने, वडामा रहेको स्वास्थ्य इकाईलाई स्तरोन्ती गर्ने, खोप केन्द्र व्यवस्थित गरि फ्रिज सहितको भण्डारण गर्नै व्यवस्था मिलाउने, बकैया ११ मा रहेको निमावि बिद्यालयलाई स्तरोन्ती गरि मावि बिद्यालय बनाउने योजना रहेको बताए । कृषिको लागि बादरे खोलादेखि चरी भन्ज्याङ हुँदै कालीदमारमा सिंचाई योजना पु¥याउने, बिद्युतीय रुपमा अधुरो रहेका काठमा पोल सुधारर्ने, नाङगो तार हटाएर कालो तार राख्ने उनको योजना छ ।