हेटौंडा । स्थानीय तहको निर्वाचनमा मकवानपुर जिल्लाले पहिलो महिला वडा अध्यक्ष पाएको छ ।

मकवानपुरको बकैया गाउँपालिका वडा नं. १० मा नेपाली काँग्रेसबाट वडा अध्यक्षमा कमला कुमारी वाइवा बिजय भए संगै मकवानपुरले पहिलो महिला वडा अध्यक्ष पाएको हो ।

मकवानपुरमा उनी यस निर्वाचनमा पहिलो महिला वडा अध्यक्षमा निर्वाचित जनप्रतिनिधि हुन् । उनी ७ सय ८२ मत पाएर बिजयी भएकी हुन् । उनको प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले ४ सय ६४ मत पाएका थिए । कमला ३ सय १८ को फराकिलो मतान्तरले पहिलो महिला वडा अध्यक्षमा निर्वाचित भएकी हुन ।