हेटौंडा । मादक पदार्थ सेवन गरेर ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गर्नेलाई माथिको निर्देशनमा उन्मुक्ती दिइएको छ । हेटौंडा–१८ जलारीमा मोटरसाइकलले साइकल यात्रुलाई ठक्कर दिएपछि घट्नाबारे बुझ्न प्रहरी चौकी ठुलोदमारबाट गएका प्रहरी हवल्दार देवीप्रसाद देवकोटामाथि मापसे गरेका स्थानीय जितबहादुर अधिकारीले हातपात तथा आक्रमण गरेका हुन । दुर्घट्नामा संलग्न व्यक्ति र मोटरसाइकल स्थानीयले लुकाएपछि प्रहरीले खोजतलास गर्ने क्रममा मापसे गरेर आएका अधिकारीले उनी माथि हातपात गरेको स्रोतले जनाएको छ । अधिकारी सहितको समुहले हवल्दार देवकोटा माथि आक्रमण गर्दा हवल्दार देवकोटा घाइते भएका थिए । उनको मुखमा चोट लागेको थियो ।
प्रहरी कुट्ने जित बहादुरलाई जिल्ला प्रहरी कार्यालयमा पुर्याइयो यतिबेला रातको ११ बजिसकेको थियो मुख्यमन्त्रीको भान्जा बताउने अधिकारीको हेटौंडा अस्पतालमा चेकजाँच हुँदा उनले मापसे गरेको पुष्टि भयो । उनलाई छुटाउन हेटौंडा–१८ का वडाध्यक्ष अनिल बानियाँ रातिनै जिल्ला प्रहरी कार्यालय पुगेका थियो । उनले प्रहरी कुट्ने अधिकारीलाई तत्कालै छुटाउन निकै जोडबल गरेका थिए । तर रात अबेर भैसकेकाले अधिकारीलाई प्रहरीले हिरासतमै राख्यो ।
आइतबार सबेरै देखि उनलाई छुटाउन वडाध्यक्ष बानियाँ जिल्ला प्रहरी परिसरमै धर्ना दिएर बसे र चौतर्फी दवाब थेग्न नसकेपछि आफ्नै प्रहरी हवल्दार कुटेका जित बहादुर अधिकारीलाई एसपी बामदेव गौतमले छाडिदिए । मकवानपुर प्रहरी प्रमुख एसपी बामदेवले भने आफुलाई कतैबाट दवाब नआएको बताउछन् । प्रहरीसंगको यस्ता घटना दैनिक सामान्य जस्तै हो, खासै ठुलो घटना हैन, कतैबाट दबाब आएर छाडिएको हैन उनले बताए ।
जित बहादुरले घटनास्थलमा प्रहरीलाई दिएको चुनौती २४ घण्टा पुग्न नपाउदै पुरा भएको छ । उनले मुख्यमन्त्री शालिकराम जमकट्टेलको भान्जा हुँ भनेका थिए । नभन्दै प्रहरीले उनलाई २४ घण्टा नहुँदै केहि नगरी छाडेको छ । स्रोतका अनुसार प्रहरीमाथि आक्रमण गर्ने युवा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको मितेरी साइनो रहेको बुझिएको छ । उनलाई नियन्त्रममा लिएदेखि छोड्नको लागि प्रहरीलाई चौतर्फी दवाब आएको थियो ।












प्रतिक्रिया दिनुहोस्