हेटौंडा । पालुङ जेसीज बर्ष २०२३ को दोश्रो पूर्ण बोर्ड बैठकले गरेको निर्णय र आगामी कार्यक्रम सोमबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।

गत शनिबार भएको बैठकको निर्णय सार्वजनिक गर्दै पालुङ जेसीज बर्ष २०२३ का अध्यक्ष संगम कार्कीले नेपाल जेसीज बर्ष २०२३ को प्रकरण तीन ’ए’ र पालुङ जेसिज बर्ष २०२३ को प्रकरण तीन ’स’ मा रहेर गरिने विभिन्न कार्यक्रमहरुको कार्यतालिका सार्वजनिक गरेका हुन ।

अध्यक्ष कार्कीले बैठकमा थाहा नगरपालिकासंग सहकार्यमा संयुक्तरूपमा जनप्रतिनिधि र जेसीज सदस्यहरुलाई संसदिय बैठक प्रणाली सम्बन्धि तालिमको आयोजना गर्ने, पालुङ जेसीजको सदस्यता नबिकरण गर्ने र नयाँ सदस्यता खुल्ला गर्ने, होली मिलन कार्यक्रम संचालन गर्ने, थाहामा जेसीज चिनारी भित्तेपात्रो प्रकाशन गर्ने लगायत निर्णय भएको बताए ।

पत्रकार सम्मेलनमा अध्यक्ष कार्कीले १७ र १८ मा ऋषेश्वर महादेव मन्दिर परिसरमा आयोजना हुन लागेको बिश्व शान्ती पुजामा स्वयंसेवकको भुमिका निर्वाह गर्ने बताए ।

पत्रकार सम्मेलनमा पालुङ जेसीज बर्ष २०२० का अध्यक्ष तथा २०२३ का प्रमुख बोर्ड सल्लाहकार मनोज रायमाझी, पूर्व अध्यक्ष नवराज लामा, पत्रकारहरु, पालुङ जेसीज बर्ष २०२३ का बोर्ड सदस्यहरुको उपस्थिति रहेको थियो ।

राज कुमार के.सी.
थप जानकारी